६ पुस २०८२, आइतबार | December 21, 2025

मौसम जानकारी : पश्चिम वायुको प्रभावले तीन दिन वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार गएराति पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली हुने भएको छ । त्यस्तै, बागमती, मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । त्यस्तै, शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागको आकलन छ ।

पश्चिम वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : २२ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या