१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

अझै सञ्चालनमा आएन सिद्धार्थ अटो भिलेज



बुटवल । भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।

आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३०० श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

नेपाल अटो भिलेजका सचिव दिलबहादुर कुँवरले अटो भिलेजमा बल्ल १५/१६ जना व्यवसायीहरू मात्र आएको बताए । ‘अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरू आउन मानिरहेका छैनन्,’ उनले भने ।

सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरीद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताए । उनले आफूले बैंकबाट ऋण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको, तर अहिले नगरपालिकाले अलपत्र पारेको बताए ।

यसमा विद्युत् नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह थारुले नगरपालिकाले १३ वटै वडा कार्यालयमा अन्यत्र अटो भिलेज सञ्चालन गरिरहेका व्यवसायीहरुलाई सञ्चालन गर्न नदिई भिलेजमै पठाउन पत्र पठाएको, तर कार्यान्वयन नभएको बताए । उनले अटो भिलेजका लागि सबै संरचना तयार भए पनि व्यवसाय सञ्चालन नहुने डरले व्यवसायीहरू आउन नमानेको बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १ : १६ बजे

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि