१७ बैशाख २०८१, सोमबार | April 29, 2024

यस बर्ष अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने



अन्तर्राष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटीओ० ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो ।

यस बर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो बर्षको तुलनामा यस बर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।

यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य ९एसडीजि०लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ ।

कोरोनाभाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।

“रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी सङ्कटमा परेको छ,” युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकाश्भीलीले भन्नुभयो ।

कोरोनाभाइरसको सङ्क्रमणको डरले अधिकांश देशहरुले आवतजावतलाई बन्द गरेका छन् भने अधिकांश देशका नाका र हवाई सेवा पनि बन्द रहेका छन् ।

यसले अन्तरदेशीय पर्यटनलाई अत्यधिक धेरै असर पारेको छ भने आन्तरिक पर्यटनलाई कम असर पारेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै एशिया प्रशान्त क्षेत्रमा र युरोपलगायतका देशहरुमा प्रभाव धेरै परेको देखिएको छ । कोरोनाभाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले पनि ठूलो क्षति भोग्नु परेको छ ।

यो बर्षको बाँकी समयमा कति क्षति हुन्छ भन्ने कुरा कोरोनाभाइरसको सङ्क्रमण कति फैलिन्छ र कति देशहरुले कहिलेसम्म लकडाउन र सिमाना तथा उडान सेवा कहिलेसम्म बन्द गर्छन् भन्ने कुरामा निर्भर रहने पनि संगठनले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २८ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क