२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बस र ट्रक ठोक्किँदा आगलागी, तीन जनाको मृत्यु



सुनसरी । सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति २ बजे ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र निर्माण सामग्री बोकेको ना ६ ख २९९६ नमबरको बस एकआपसमा ठोक्किएका हुन् । दुर्घटना हुँदा आगलागी भएको छ ।

बस र ट्रक ठोक्किए लगत्तै आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा बस जलेको छ । बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुको विराटनगर र इनरुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा बसमा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै, ट्रकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ५७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,