६ पुस २०८२, आइतबार | December 21, 2025

भक्ति नमुना माध्यमिक विद्यालयमा सोलार जडान



लमजुङ । सुन्दरबजार नगरपालिका-९ भोटेओडारको भक्ति नमुना माध्यमिक विद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बालबालिकाका लागि सोलारको व्यवस्था गरिएकोे छ ।

विशेष कक्षाका बालबालिकाका लागि गण्डकी प्रदेश शिक्षा विज्ञान तथा सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँबाट सोलार जडान भएको हो ।

छात्राबास तथा विद्यालय भवनमा सोलार जडान गरिएको भक्ति नमुना माविको बहिरा विद्यालयका स्रोत शिक्षक प्रेमनिधि सापकोटाले बताए । चिसो मौसममा नुहाउन, हातमुख धुन समस्या हुने भएकाले सोलारमार्फत पानी तताउन सहज भएको बताए । बालबालिकाले सोलार जडान भएसँगै सोलारबाट पानी तताएर हातमुख धुने, नुहाउने गर्न थालेका छन् ।

यस्तै सुस्त श्रवण तथा बहिरा बालबालिकाको लागि निर्माण भएको सुरक्षित छात्रावास तथा विद्यालय भवनको माथिल्लो तला समेत थप्ने तयारी भएको छ । प्रदेशको सहयोगमा एक तला थप गर्न लागेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार सोलारको व्यवस्था भएपछि बालबालिकालाई सहज भएको छ । सहजै तातोपानीको प्रयोग गर्न पाएका छन् । भक्ति नमुनामा संचािलत विशेष कक्षामा २२ जना विद्यार्थी छन् । १३ जना बालक र ९ बालिका छन् ।

दैलेखदेखि लमजुङका छिमेकी जिल्लाहरु गोरखा, तनहुँलगायत जिल्लाका कान नसुन्ने र मुख बोल्न नसक्ने बालबालिका विशेष कक्षामा पढ्दै आएका छन् । २०२४ सालमा स्थापना भएको भक्ति नमुना माविमा २०६१ सालबाट मुख नबोल्ने र कान नसुन्ने विद्यार्थीका लागि विशेष कक्षा संचालनमा ल्याइएको हो । कक्षा १ देखि ५ कक्षासम्म पढाई हुने विशेष कक्षामा कक्षा ५ पास भएपछि पोखरा, वाग्लुङ लगायत ठाउँमा गएर विद्यार्थीलाई पठनपाठन गराइँदै आइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ११ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन