७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपालद्वारा विभिन्न पुरस्कार घोषणा



काठमाडौं । प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घाेषणा गरेको छ ।

१२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरष्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।

पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।

वि. सं. २०७७
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

कृष्णविनोद लम्साल (सुनसरी)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता

पुरस्कार केपी गौतम (गोरखापत्र)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

सागर पण्डित (सम्पादक, राजधानी दैनिक)

प्रेस चौतारी पद्मलक्ष्मी-सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार

अब्दुल्लाह मियाँ (काठमाडौं)

वि. सं. २०७८
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

गगन विष्ट (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार

अनुप तिवारी (पर्सा)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

हिरा परियार (रुकुम पश्चिम)

प्रेस चौतारी पद्मलक्ष्मी-सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार

शिवराज भट्ट (कैलाली)

चन्द्र न्यौपाने -शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार

शान्ति गुरुङ (कास्की)

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ०५ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली