३२ असार २०८३, बिहिबार | July 16, 2026

सिराहामा घांटी काटेर हत्या गरेको अबस्थामा एक पुरुष शव फेला



लहान । घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज (मंगलबार) बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ ।

स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ५१ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक