७ माघ २०८२, बुधबार | January 21, 2026

प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?



काठमाडौं । जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन । फूलले भावना प्रकट गर्छ ।

यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाफको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाफ आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईं कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाफ दिइसकेपछि तपाईंले ‘आई लभ यु’ भनिरहनै पर्दैन ।

कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुंग्याउन रातो गुलाफ दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाफजत्तिको उपयुक्त वस्तु अरु के नै होला र !

के तपाईंले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैं रातो गुलाफ नै दिने गरिन्छ ? कतिपय मानिस यसलाई एउटा चलन मान्छन्, अरुले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाफ दिएको भन्ने गर्छन् । तर सत्य कुरा के हो भने, गुलाफसँगै यसको रातो रङमा विशेष अर्थ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।

कहिलेदेखि हुन थाल्यो रातो गुलाफको प्रयोग ?

प्रेम प्रकट गर्न रातो गुलाफ प्रयोग हुन थालेको हजारौं वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाफलाई प्रायः एफ्रोडाइट (प्रेम संकेत- एन्सिएन्ट ग्रिक गडेस अफ सेक्सुअल लभ एन्ड ब्युटी) मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाफलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनको प्यासन पनि त हो । यही कारण रातो गुलाफ डिप लभ एक्सपे्रस गर्न दिने गरिन्छ । यसको अर्थ तपाई सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईंको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।

गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईंले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईंको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।

विवाहित जोडीले पनि प्रयोग गर्छन् रातो गुलाफ

विवाहित जोडीले जब एकअर्कालाई रातो गुलाफ दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एकअर्काप्रति समर्पित तथा विशेष रहेको छ ।

१४ फेबु्रअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ । र, त्यसदिन रातो गुलाफ दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौं रुपैयाँको रातो गुलाफको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।

 

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

हुम्लाको विकास सूचक र भविष्य

प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक