२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कालीगण्डकी करिडोर ६ घण्टा बन्द हुने



मुस्ताङ । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले दैनिक ६ घण्टा बन्द गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए । जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक बन्द गर्ने निर्णय गरेको हो ।

थासाङ गाउँपालिका-४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा पार्दै छ । त्यसका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने उनले बताए ।

फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाइने भएको छ । त्यो अवधिमा सडक अवरुद्ध हुने भएको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ०३ बजे

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ