१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लुकिछिपी नेपाल भित्रिनेक्रम रोक्न मुलबाटोबाटै नेपाली भित्राउंदै तिलोत्तमा नगरपालिका



बुटवल । भारतको नौटनवामा अलपत्र परेका २ सय बढी नेपालीलाई तिलोत्तमा नगरपालिकाले ब्यवस्थापन गरेर क्वारेन्टाईनमा राख्ने भएको छ ।

भारतमा अलपत्र अवस्थामा रहेको उनीहरुलाई राख्नका लागि आज बिहानै देखि तिलोत्तमाको माधवलिया स्थित माधवलियमा माबीमा धमाधम क्वारेन्टाईन बनाउने काम भईरहेको छ ।

बिगत लामो दिनदेखि भारतको नौटनवामा रहेका उनीहरुलाई भारतको स्थानीय प्रशासनले खान बस्न दिन नसकिने बताएपछि उनीहरु अलपत्र पर्ने अवस्था सिर्जना भएको थियो ।

लुकिछिपी आउने क्रम बढेपछि अझै जोखिम बढ्ने देखिएपछि मुलबाटोबाटै भित्राएर क्वारेन्टाईनमा राख्न लागिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

भारतले लकडाउनलाई खुकुलो बनाउंदै रेल सेवा सञ्चालनमा ल्याएपछि बिभिन्न शहरहरुमा कामबाट निकालिएका नेपालीहरु घर फर्कने क्रम बढ्न सक्ने देखिएको छ । आधिकारीक नाकाबाट प्रवेश नदिंदा हरेक दिन लुकिछिपी नेपाल भित्रिने क्रम पनि बढेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४१ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा