१४ बैशाख २०८३, सोमबार | April 27, 2026

छेउमै आकाशेपुल छ, तर पैदलयात्रु सडक नै क्रस गर्छन्



बुटवल । पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशेपुल बनाइएको छ । तर, ती सबै पुल प्रयोग हुँदैनन् । भैरहवा, बुटवलका मुख्य चोकमा आकाशेपुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या भने न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडिरहेका हुन्छन् । जसले गर्दा सडकमा सवारीको जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

व्यस्त सडकमा समेत पैदलयात्रु पुल छाडेर बीच सडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्रुले आकाशेपुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ ।

पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो । तर, उनीहरूलाई पुलको प्रयोग गर्न बाध्यकारी बनाएको देखिँदैन । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएका छन् । बुटवलमा डाईभरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्ग चौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि आकाशेपुल निर्माण भएका छन् । आकाशेपुल अपांगमैत्रीसमेत छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले आकाशेपुलको प्रयोग गराउन योजना बनाएर काम गरिरहेको जानकारी दिए । ‘पहिलो कुरा त यात्रु स्वयं सचेत हुने कुरा हो,’ उनले भने, ‘हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशेपुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।’

पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरे दुर्घटना घट्ने र यात्रा सफल हुने उनले बताए । आकाशेपुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षका लागि ५-१० मिनेट हिँड्न ग्राह्रो मान्न नहुने उनले बताए । पैदलयात्रुलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

‘दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको पनि गल्ती हुन्छ । जहाँतहाँबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन् । आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौंको मृत्यु भएको छ,’ जिसीले भने । प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो । यसरी नियम मिच्ने पैदलयात्रीले समेत आधादेखि दुई घण्टासम्म सचेतना कक्षा लिनुपथ्र्यो । त्यो पनि प्रभावकारी हुन सकेन । अहिले पनि अधिकांश पैदलयात्रु ट्राफिक नियम पालना गर्दैनन् ।

यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्येनजर गर्दै आकाशेपुल निर्माण गरिएको र यसको प्रयोगका लागि यात्रुमा बानीको विकास गर्नु जरुरी रहेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : २७ बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा