१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कपडामा फल्स बटम बनाएर चार करोडको सुन तस्करी



काठमाडौं । कपडामा फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै चार करोडको सुन तस्करी गरेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए। तर, उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो ।

खानतलासीको क्रममा उनले लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो ।

उनको हाउभाउ गतिविधि शङ्कास्पद देखिएपछि सादा पोशाकमा खटिएका प्रहरीले जाँच गर्दा झण्डै पाँच किलो सुन फेला परेको छ । डिटेक्टरले समेत डिटेक्ट नगर्ने गरी कपडामा फल्स बटम बनाएर सुन ल्याएको पाइएको ढकालले बताए ।

बरामद सुन अर्ध ठोस अवस्थाको छ। पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अन्य तीन गरी जम्मा चार पोका सुन बरामद भएको छ ।

सबै सुन चार किलो ८४० ग्राम छ । यसमा ९८.६६ प्रतिशत सुन रहेको परीक्षणमा पत्ता लागेको छ। यसको बजार मूल्य झण्डै चार करोड छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसअघि गत माघ १९ गते प्रहरीले मलद्वारभित्र लुकाएर सुन ल्याउँदै गरेका एकसहित तीन जनालाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनीहरु पनि भन्सार जाँच पास गरेपछि नै पक्राउ परेका थिए ।

उनीहरुबाट झण्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा चार वटा आइफोन बरामद गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१० का ३२ वर्षीय सुनिलकुमार शाह, मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिका-३ का दावा छिरिङ शेर्पा रहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ५२ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान