१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पक्राउ परेका बलात्कार अभियुक्त भागे, प्रहरीले मिलेमतोमा भगाएको पीडित पक्षको आरोप



महोत्तरी । सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ ।

जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो । पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ । जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।

रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।

`हामी न्यायको लागी सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे´ पीडित महिलाका देवरले गुनासो गरे ।

शुक्रबार के भयो ?

१ बर्षदेखि फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछी स्थानीयहरुले प्रहरीलाइ खबर गरे । गत शुक्रवार आरोपित भनिएका मण्डल भंगाहा नगरपालिकास्थित मेघरौलमा मामाघरमा पनि आए ।

शुक्रबार प्रहरीहरु मामाघरमा नै पुगेर मण्डललाई पक्राउ गर्‍यो । उनी पक्राउ परेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको थियो ।

तर जब अभियुक्त मण्डल हतकडीसहित भागेको थाहा पाए तब पीडितहरुको घाउ झन आलो बन्यो । वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने बिषयमा प्रहरी कै मत बाझिएको छ ।

उनले भने `प्रहरीले मण्डल हतकडीसहित भागेको भनेका छ। तर हतकडी लगाइएको ब्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंका छन्, प्रहरीसँग कुरा गर्दा कहिले हतकडीसहित भागेको भन्छन्, कहिले हतकडी फुकाइदिएपछि भागेको भन्छन्।´

प्रहरीले हत्कडीसहित भागेको दाबी गरे पनि हत्कडी भने प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ । प्रहरीको हतकडीसहित भागेको वा हत्कडी खोलेर भगाइएको विषय यतिबेला महोत्तरीमा चर्चामा रहेको छ ।

पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन् ।

करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद गर्दा पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नसक्नु र आरोपित मण्डललाई भगाउने चलखेल हुनुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप पीडित पक्षको छ।

घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले समेत प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको दाबी गरे । उनले अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बताए ।

प्रहरीले भने घटनालाई ठूलो बनाएर मिडियावाजी नगर्न भन्दै धम्कीका साथै प्रलोभन समेत पार्न खोजेको अडियो समेत प्राप्त भएको छ । घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ ।

बोल्न नसक्ने महिला सौच गर्न गएको वेला उखुवारीमा लगेर जवर्जस्त करणी गरेको विभिन्न प्रमाण भए पनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछी धम्की दिँदै कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताए ।

प्रहरी के भन्छ ?

प्रहरीले भने जाहेरीपछि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए । अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए ।

अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरि छानिबिन गरेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : २९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत