१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बाँके जिल्ला लिग र अधिवेशनको मिति घोषणा, अध्यक्षमा ३ जनाको दाबी



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले चुनावी साधारण सभा र जिल्ला लिग फुटबल गर्ने निर्णय गरेको छ । बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबल कर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखी गर्ने निर्णय गरेको छ । जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बुधबार बसेको बैठकले जिल्ला लिग फुटबल र चुनाव गर्ने निर्णय गरेको बताए । उनले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वुर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशिल बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’

को होला नयाँ अध्यक्ष ?

बाँके जिल्ला फुटवल संघको नेतृत्वका लागि तीन जना चर्चामा रहेका छन् । हालका अध्यक्ष भोजराज शाही, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी र घनश्याम थापाले संघको अध्यक्षमा दाबी रहेको बताइएको छ ।

संघको १६ सदस्यीय कार्य समिति चयन हुने छ । १२ जना निर्वाचित हुन्छन् भने चार जना मनोनित गर्ने बिधानमा व्यवस्था छ । बिधान अनुसार अध्यक्ष, तीन जना उपाध्यक्ष र अरु सदस्य निर्वाचित हुन्छन् भने सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष मनोनित गरिन्छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ५८ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा