८ असार २०८३, सोमबार | June 23, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक ५ बजे सारियो



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

गठबन्धनका दुई शीर्ष नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । यससँगै दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजेका लागि सरेको छ ।

दुई नेताबीच एमसीसी र गठबन्धनको भविष्यको विषयमा साझा सहमति कसरी खोज्न सकिन्छ भनेर छलफल भएको छ । यद्यपी, दुवैका आआफ्ना अडान अहिलेसम्म कायमै रहेका छन् । सहमतिका लागि अनौपचारिक छलफल गर्न बैठक दुई घण्टा ढिलो सारिएको बताइएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसीलाई जसरी पनि टेबल गर्ने पक्षमा छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड भने सहमति विना टेवल गर्न नहुने अडानमा छन् । एमसीसीलाई एकपक्षीय ढंगले अघि बढाए सरकारबाटै बाहिरिने निर्णय माओवादी संसदीय दलले गरिसकेको छ । प्रधानमन्त्री देउवा भने गठबन्धन भत्किनै पर्यो भने पनि एमसीसी पारित गर्नुपर्ने अडानमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : ३४ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका