७ पुस २०८२, सोमबार | December 22, 2025

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता



काठमाडौं । निर्वाचन आयोगमा सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।

सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे । अध्यक्ष गहतराजले भने, ‘संविधानको रक्षा गर्ने, धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा हुने र समाजमा विद्यमान सबै खालका विभेदहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने मुख्य उद्देश्यका साथ यो पार्टी निर्वाचन आयोगको दर्ता गरिएको हो । म यस अवसरमा धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।’

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : ४३ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका