७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौंको ढुङ्गेअड्डामा भेटिएको कुकर बम सेनाको टोलीद्वारा ‘डिस्पोज’



काठमाडौं । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा भेटिएको शंकास्पद बस्तु कुकर बम पुष्टि भएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । बम डिस्पोज गर्ने क्रममा शुक्रबार बिहान यो रुटमा साना तथा ठूला कुनै पनि सवारी साधन चल्न दिइएको थिएन । अहिले भने सञ्चालनमा आएको छ ।

बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा