३ भदौ २०८३, बुधबार | August 19, 2026

लुम्बिनी प्रदेश खेलकुद परिषद् : पदाधिकारी हटाउन नपाएपछि अध्यादेश



बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरुमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरुलाई निष्क्रिय बनाएको थियो ।

अघिल्लो सरकारले खेलकुदको विकासका नाममा भरेको एमाले कार्यकर्तालाई भर्ति गर्दै पहिलो प्रदेश खेलकुद विकास परिषद् गठन गरेको थियो । सोही मातहत रहनेगरी जिल्ला स्तरका एमाले कार्यकर्ताहरुलाई नियुक्ति दिएर जिल्ला खेलकुद विकास समितिहरु बनाइएका थिए । तर, परिषद् र समितिहरूमा आफू अनुकुल व्यक्तिहरू नभएपछि प्रदेश सरकारले अध्यादेश ल्याएर कार्यकर्ता नियुक्तिको बाटो खोलेको हो ।

लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दीन खाँको प्रस्तावमा ‘प्रदेश खेलकूद विकास ऐन–२०७८’ लाई परिमार्जन गर्नका लागि अध्यादेश जारी गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अध्यादेश जारी गरेका हुन् ।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले अघिल्लो सरकारले गठन गरेको प्रदेश खेलकूद परिषद्लाई आफु सत्तामा आए देखि नै बेवास्ता गरेका थिए । जसका कारण प्रदेशमा खेलकुदका गतिविधि ठप्प थिए । अघिल्लो सरकारले गत १ साउन बाँकेका एमाले नेता भीम वलीलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको थियो ।

रुपन्देहीका कृष्ण देवकोटालाई कोषाध्यक्षसहित २० जनालाई सदस्यमा नियुक्त गरेको थियो । त्यसैगरी सबै जिल्लामा जिल्लास्तरका खेलकुद विकास समितिहरु गठन भएका थिए । यसरी गठन गरिएको खेलकुद परिषदले खर्च गर्न पाउनेगरी रकम विनियोजन गरिएको भएपनि केसी नेतृत्वमा सरकार गठन भएसँगै खेलकूद परिषद् तथा जिल्ला समितिहरुलाई अधिकार दिइएको थिएन । गठित परिषद्लाई जिम्मेवारी पनि नदिने र उनीहरुलाई कानुनीरुपमा हटाउन पनि नसक्ने अवस्था भएपछि सरकार आफैँले यूवा तथा खेलकुद क्षेत्रका लागि विनियोजित बजेट खर्च गर्दै आएको थियो ।

प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का नाममा विनियोजन गरेको बजेट पनि आफ्नै महाशाखामार्फत खर्च गर्ने गरेको थियो । उक्त बाटो फुकाउन सरकारले अध्यादेश ल्याएको हो । प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव भीम वलीले प्रदेश सरकारले पूरै असहयोग गरेर समितिप्रति बेवास्ता गरेको बताए । प्रदेश सरकारले बेवास्ता गरेपछि सदस्य सचिव वलीले एमाले नेतृत्वमा रहेको बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रदेश खेलकुद परिषदको कार्यालय समेत स्थापना गरेका थिए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता यमबहादुर केसीले अध्यादेश जारी भएसँगै अब समितिलाई सक्रिय बनाइने बताए । ‘प्रदेश खेलकुद परिषद गठन भएपनि समितिका नाममा हालसम्म कुनै बजेट गएको छैन, अब परिषदका काम कारवाही अगाडि बढ्छन्,’ उनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : १७ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार