१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट



बागलुङ । बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो ।

एक महिनाअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो । मुख्यमन्त्रीको कार्यालयले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएको औषधालयका प्रमुख डा सरोजकुमार रायले बताए। यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रुपमा पुरस्कृत भइसकेको उनले उल्लेख गरे ।

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ । कोरोना सङ्क्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।

कार्यालय प्रमुख रायलाई निजामती पुरस्कार

गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा सरोजकुमार राय छनोट भएका छन्। स्थापना दिवसका अवसरमा प्रदान गरिने उक्त पुरस्कारका लागि रायसहित १३ कर्मचारीलाई छनोट गरिएको हो ।

प्रदेश सरकारले सर्वोत्कृष्ट प्रदेश निजामती सेवा कर्मचारी पुरस्कार एक जनालाई, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार दुई जनालाई र प्रदेश निजामती सेवा पुरस्कार १३ जनालाई प्रदान गर्ने गरेको छ ।

रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ३८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा