२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सैनामैनाबाट अपहरणमा परेको दुई बालबालिका झापाबाट उद्दार



बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट उद्दार गरि अभिभावकलाई बुझाएको छ । गत ५ गते स्कुल बसबाटै फकाएर अपहरण गरि लगिएका १२ वर्षिय बालक र ९ बर्षिया बालिकालाई झापाबाट अपहरण मुक्त गराएर आज अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत ५ गते गते बिहान ०९ः३० बजेको समयमा जिल्ला रुपन्देही, सैनामैना ६ दुधराक्ष स्थित घरवाट जिल्ला रुपन्देही, सैनामैना ४ बुद्दनगर स्थित प्रभात बोर्डीङ स्कुलमा पढ्न भनि सोही स्कुलको लु १ ख ६५८६ बसमा चढी गएका वर्ष १२ को प्रशिद्द दाहाल र उनकै सहोदर बहिनी वर्ष ९ की प्रसन्न दाहाल साँझ स्कुल बसमा नआएपछि बालबालिकाका बुवा प्रेम दाहालले स्कुलमा गई बुझ्दा उक्त बसका स्टाफले बच्चाहरु अभीभावकले बिहानै बसवाट झारी फोटो खिच्न लिई गएको बताए पछि बुवा दाहालले प्रहरीमा उजुरी गरेका थिए । सोही बसमा सवार अन्य बिधार्थीले प्रशिद्द दाहाल र प्रसन्न दाहाललाई जिल्ला रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेम बहादुर पौडेलले स्कुल बसबाट झारी बिहानै साथमा लिई गएको वताएपछि दाहालले ईलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीमा जानकारी गराएका थिए ।

खोजतलास गर्ने क्रममा खेम बहादुर पौडेलले प्रयोग गर्दै आएको मोबाईल नम्बर दिनको १५ः४० बजे बुटवलको ट्राफिकचोकवाट स्वीचअप भएको देखिएको तथा पौडेलसंग सम्पर्क भएका नम्बरहरुको सम्बन्धमा बुझ्ने क्रममा पौडेलका भाई गुप्त बहादुर पौडेलले अन्दाजी १२ः३४ बजेको समयमा बुटवलको नेपालगंजरोडमा सुटकेस दिएको प्रहरीलाई बताए पछि प्रहरीले सो क्षेत्रको सिसी क्यामेराको फुटेज हेर्दा पौडेल ब्रिफकेस लिई ट्राफिकचोकतर्फ गएको देखिएको प्रहरीले जनाएको छ । सोही फुटेजका आधारमा शुक्रबार ११ः१२ बजे पौडेलको मोबाईल नम्बरको लोकेसन झापाको अनारमनी बिर्तामोड देखिएको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । पौडेलले बुटवलवाट बिर्तामोड जाने टिकट बुटवल, बसपार्कवाट काटेको देखिएको आधारमा प्रहरीले ईलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा विर्तामोड बसपार्कवाट पौडेललाई पक्राउ गरी बालबालिकालाई सकुशल उद्दार गरीएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका पौडेल सहित अपहरणमा परेका दुई बालबालिकालाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याउन प्रहरी सफल भएको डीएसपी पौडेलले बताए । पक्राउ परेका पौडेल उपर अपहरण तथा शरीरबन्धक मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ५५ बजे

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन

उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा