११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बालक अपहरण परेको खबर पाएको २४ घण्टामा बालकको उद्धार, अपहरणकारी प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले अपहरणमा परेका एक बालकको अपहरणको सुचना पाएको २४ घण्टा भित्रै सकुशल उद्धार गरेको छ । प्रहरीले खजुरा गाँउपालिकाका १३ वर्षिय बालकलाई अपहरण भएको सुचना पाएको २४ घण्टा भित्रै उद्धार गरेको हो । बिहिबार नै उद्धार गरि अपहरणकारीलाई पक्राउ गरेपनि अपहरणकारीलाई भने प्रहरीले शुक्रबार मात्र सार्वजानिक गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अपहरणमा संलग्न नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ बस्ने २७ वर्षका कल्लु भनिने कलिम खाँलाई सार्वजनिक गरेको छ । अपहरणको २४ घण्टा भित्रै बालकलाई अपहरण मुक्त गरेपनि थप अनुसन्धान जारी रहेकाले तीन दिन पछि सार्वजानिक गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले बालक अपहरण गरी फिरौती माग्दै आएको खाँलाई पक्राउ गरी बालको उद्धार गरीएको जानकारी दिए ।

घटना अनुसार बाँकेको खजुरा गाउँपालिका-५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई नेपालगन्ज उपमहानगरपालिका – १६ जयसपुरका २७ वर्षका उनका सहोदर भिनाजु कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । ९ भदौमा खजुरा–५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला खाँले बालकलाई अपहरण गरेका थिए

खाँले बालकको परिवारसँगै फरौती स्वरुप १० लाख रुपौयाँ माग गरेको सूचना प्राप्त भएसँगै अनुसन्धानमा जुटेको प्रहरीले सकुशल बालकलाई अपहरणमुक्त बनाउन सफल भएको रानाले बताए ।

एसपी रानाका अनुसार पक्राउ परेका खाँको साथबाट बालक अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नम्बरको एक थान मोटरसाईकल र फिरौती माग्न प्रयोग भएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका खाँलाई अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

Photo : DPO Banke

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : ५९ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र