२४ असार २०८३, बुधबार | July 8, 2026

अमेरिकाले भन्यो : एसीसी सम्झौता अनुमोदन गर्ने विषय नेपालको सार्वभौम निर्णय



काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एसीसी) सम्झौता अनुमोदन गर्ने विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ।

शनिबार साँझ नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसी अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको हो । छिमेकी चीनले एमसीसी अनुमोदन गराउन अमेरिकाले जबरजस्तीको कुटनीति सुरु गरेको आरोप लगाएको भोलिपल्टै अमेरिकाले आफ्नो धारणा राखेको हो । यद्यपी, अमेरिकाले चीनको नाम लिएको छैन ।

अमेरिकाले नेपालसँग ७५ वर्षदेखि कुटनीतिक सम्बन्ध रहेको जनाउँदै यसबीचमा अमेरिकी जनताको तर्फबाट नेपाललाई ५० करोड डलरको विकास सहयता अनुदान उपहार दिन लागेको जनाएको छ । एमसीसीको निर्णय लोकतान्त्रिक र सार्वभौम मुलुकले आफै गर्ने अमेरिकाले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नेताहरूले एमसिसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।’

अमेरिकी राजदूतावासले भनेको छ, यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५ औँ वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्। यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ ।

विज्ञप्तिमा एमसीसीबारे थप प्रष्ट पार्दै भनिएको छ, ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।’

एमसीसी मुलुकहरूबीचको एउटा साझेदारी भएको जनाउँदै दूतावासले यसबाट नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्ने दाबी गरेकोछ ।

नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका सहयोग गरेको पनि अमेरिकाले जनाएको छ।‘

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ४१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको