९ भदौ २०८३, मंगलबार | August 25, 2026

जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम



एजेन्सी । मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।

फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।

डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।

जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।

कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।

‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ११ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै