२३ बैशाख २०८३, बुधबार | May 6, 2026

मोटरसाइकल दुर्घटनामा इन्जिनियरको मृत्यु



खोटाङ । खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडौं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । चितवनको भरतपुर महानगरपालिका-६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ५७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल