२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमसीसीको विरोधमा प्रवासी नेपालीद्वारा नयाँ दिल्लीमा प्रदर्शन



नयाँ दिल्ली । भारतमा बस्ने प्रवासी नेपालीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

अखिल भारत नेपाली एकता मञ्चको आयोजनामा राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन भएको हो ।
उक्त समूहमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उप महासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु क्षेष्ठ ,जीवन शर्मा ,नारायण बिक ,हुमाकान्त कुँवर , अर्जुन दयाल ,कमला थापा ,कमला थापा ,बेल बहादुर पुन, कमला पाण्डे ,राज्य नेता शङ्कर शर्मा ,अटल परियार, रिता लिम्बु लगायत नेता सहभागी थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा नेता आरबी खड्काले कार्य्रकममा बोल्दै भने अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भएको बताए खड्काले विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ भएको बताउँदै एमसीसी पनि त्यही भएको जिकिर गरे ।
खड्काले अमेरिका, चीन वा भारत जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आआफ्नै स्वार्थ राखेको बताउँदै एमसीसी अमेरिकी स्वार्थ प्रेरित भएको बताए । उनले एमसीसीको विरोधमा उठेका आवाज जायज भएको दाबी गरे ।

विरोध प्रदर्शनमा सयौं संख्यामा प्रवासी नेपालीको उपस्थिति थियो । त्यसक्रममा प्रदर्शनकारीले ‘देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी’ लगायत नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ०२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले