२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस



जनकपुरधाम । मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन ।

२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला अकाशमुनि थन्काएर राखिएको छ ।

खुल्ला अकाशमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायतका खराब हुँदै गएको छ । बस सञ्चालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए ।

बस खरिद गरिए पनि चालक, बसको भाडा दर तथा बस सञ्चालनका लागि आवश्यक नीति निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस खरिद गरेका थिए । तर नेपाली कांग्रेसका नेता रामसरोज यादव मन्त्री भएपछि उनले बस सञ्चालनमा खासै तादरुकता देखाउन सकेका छैनन् । प्रदेश सरकारले आफैं बस सञ्चालन गरेमा खर्च बढी लाग्ने भएकाले बस सञ्चालनसम्बन्धी निर्णय अझै हुन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दिपककुमार दासले भने, ‘बस खरिद गर्नुभन्दा त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपथ्र्यो । तर त्यस्तो गरिएन, त्यसैले बस अहिले त्यत्तिकै राखिएको छ । बससम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिलेसम्म पास नभएकाले बस थन्केको हो ।’

सचिव दासले प्रदेश सरकारले आफै बस चलाउन नसक्ने स्पष्ट पारे । बस चलाएमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जाने उनको भनाइ छ । बस सञ्चालनभन्दा पनि त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठाननलाई दिने विषयमा छलफल भइरहेको सचिव दासले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : १६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,