२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने



काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ ।

आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।

यसअघि मतदाता परिचय पत्र लिएर साथमा नभएकाहरुले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएको र सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर प्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ । कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।

आयोगले फागनु ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेलरफ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ११ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न