१७ भदौ २०८३, बुधबार | September 2, 2026

मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने



काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ ।

आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।

यसअघि मतदाता परिचय पत्र लिएर साथमा नभएकाहरुले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएको र सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर प्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ । कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।

आयोगले फागनु ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेलरफ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ११ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश