१६ भदौ २०८३, मंगलबार | September 1, 2026

वालुवाटारमा रातो कार्पेट विच्छाएर एमसीसीमा सघाउन देउवाले गरे ओलीसँग आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमीसी पास गर्न सघाउन एमालेलाई आग्रह गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नै निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पास गर्न सघाउन आग्रह गरेका हुन् ।
मंगलबार साँझ ६ ३० बजे बालुवाटार गएका ओली र देउवाबीच झण्डै दुई घण्टा छलफल भएको हो । छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए

एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीले उठाउँदै आएको माग पुरा गर्न देउवासँग आग्रह गरेका छन् । एमालेले एकीकृत समाजवादी पार्टीका सांसद कारवाही गर्ने वातावरण बनाउन या सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोग लगाउन कांग्रेससँग माग गर्दै आएको छ ।

पछिल्लो केहीदिन यता कांग्रेस र एमालेका नेताहरुबीच सघन छलफल भैरहेको छ । एमसीसी पारित गर्ने शर्तमा एमालेसँग गठबन्धन बनाउन कांग्रेसकै कतिपय नेताहरुले माग गर्दै आएका छन् । एमसीसी पारित गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी तयार नभए उनीहरुसँगको सम्बन्ध तत्काल समाप्त गर्नुपर्ने उनीहरुले तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ५७ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त