२ बैशाख २०८३, बुधबार | April 15, 2026

मोदीसँग टेलिभिजन बहस गर्न तयार छु : पाकिस्तानी प्रधानमन्त्री इमरान खान



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् ।

७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।

‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ ।

प्रधानमन्त्री खानले रुसको भ्रमण गर्नु एक दिनअघि टेलिभिजन अन्तर्वार्ता दिएका हुन् ।  भारतसँगको सम्बन्धको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री खानले कश्मीर विवाद समाधान गर्न आफ्नो सरकारले सत्तामा आएपछि तुरुन्तै भारतसँग सम्पर्क गरेको स्मरण गरे। यद्यपि नाजीबाट प्रेरित नस्लवादी विचारधाराले भारतलाई कब्जा गरेको भन्दै उनले खेद व्यक्त गरे।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री खानले पाकिस्तान कुनै अन्तराष्ट्रिय गुटको हिस्सा बन्न नचाहेको बरु जनतालाई गरिबीबाट बाहिर निकाल्न सबै देशसँग व्यापारिक सम्बन्ध राख्न चाहेको बताए ।

उनले विगतमा यही गुटको राजनीतिका कारण विगतमा पाकिस्तानले दुःख पाएको स्मरण गरे । खानले अमेरिका, चीन र रुसबीचको सहकार्यले द्वन्द्वभन्दा पनि मानव जातिलाई धेरै फाइदा हुने उल्लेख गरे ।

उनले युक्रेन समस्याको शान्तिपूर्ण समाधानको आशा व्यक्त गरे । उनले सैनिक द्वन्द्वले समस्या समाधान नहुने दोहोर्‍याए।

प्रधानमन्त्रीले पाकिस्तान रुससँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चाहेको र मस्को भ्रमणको प्रतिक्षामा रहेको बताए ।

उनले पाकिस्तान ग्यास अभाव भएको देश भएको बताए । उनले पाइपलाइन निर्माणका लागि वार्ता गरिरहेका रुसी कम्पनीमाथि अमेरिकी प्रतिबन्धका कारण आफुहरुको उत्तर दक्षिण ग्यास पाइपलाइन निर्माणमा ढिलाइ भएको बताए ।

उनले इरानमाथिको प्रतिबन्ध फुकुवा भए पाकिस्तानलाई छिमेकी देशबाट सस्तो ग्यास पाउन मद्दत गर्ने बताए ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ५० बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार