७ पुस २०८२, सोमबार | December 22, 2025

चितवनका अस्पतालमा ५० प्रतिशत बिरामी रिफरका



चितवन । ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउँछन् । । उनका अनुसार एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उनको भनाइ छ । देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उहाँको भनाइ छ । उनले भने, “अहिले अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा आउँछन्, तीमध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन् ।”

अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामीसमेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाइ छ । स्वास्थ्य बीमाको पहिलो बिन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या ठूलो हुने गरेको लम्सालले जानकारी दिए। राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउँछन् ।

अस्पतालमा १८ जनाभन्दा बढी डिएम/एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उनको भनाई छ । अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उनले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दाबी गरे । इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन् । रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उनले जानकारी दिए ।

यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रोजस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ । क्रिटिकल केयरमा नेपालमै अग्रणी रहेको लम्सालको दाबी छ । उनले भने, “यो सेवाका लागि देशैभरबाट बिरामी आउने गरेका छन् ।” कोभिडको महामारीसँगै यहाँको क्रिटिकल केयरको सेवा देशैभर परिचित रहेको उनको भनाइ छ ।

अस्पतालमा विभाग मजबुद भएसँगै चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचमा चार वटा कोटासमेत दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार ग्यास्ट्रो इन्टरलोजी मेडिसिन, जिआई सर्जरी, क्रिटिकल केयर मेडिकल र कार्डियोलोजीमा अध्ययन अध्यापन हुने गरेको छ । उनले भने, “उपचार सेवासँगै अध्ययनको सुविधा भएका कारण सेवा झनै प्रभावकारी छ ।” अस्पतालमा २५० भन्दा बढी विशेषज्ञ चिकित्सक रहेको भन्दै उनले यहाँ आएपछि सबै खाले उपचार हुुने भएकाले धेरै रिफर भएर आउने गरेको बताए ।

एकै व्यक्तिलाई फरक फरक समस्या हुँदा अन्यत्र धाउन नपर्ने भएकाले मेडिकल कलेज रिफरलको रुपमा विकास हुँदै गएको न्यौपाने बताउनुहुन्छ । उनले भने, “हामीले मेडिकल कलेजमा जनशक्ति र उपकरणमा ठूलो लगानी गरेका छौँ, त्यसको प्रतिफल देखिन थालेको छ ।” यस कलेजमा त्रिविबाट सम्बन्धत प्राप्त आठ वटा स्नातक कार्यक्रम, स्नातकोत्तरमा २१ र सिटिइभिटीका चार कार्यक्रम रहेका छन् । सबै विभागमा गरेर एक हजार ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । -रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : ०७ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत