९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमसीसी संसदमाः अर्थमन्त्री शर्मा पर्वतको गुप्तेश्वर महादेवको दर्शनमा



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।

संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पवर्ततिर घुमघाममा छन् ।

मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएका थिए । त्यसपछि उनी पर्वत जिल्ला अस्पतालको निरीक्षण गरेर माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए ।

अर्थमन्त्री शर्माले बिहीबार बिहान गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेका थिए । उनीसँगै राष्ट्रिय सभाका सांसद दीनानाथ शर्मा पनि मन्दिर पुगेका थिए ।

एमसीसी संसदमा पेस गर्नुपर्ला भनेर छल्नकै लागि शर्मा संसदमा लगातार अनुपस्थित भइरहेका छन् । ८ फागुनमा अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिराम भएको बहाना बनाएर उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए । ९ फागुनमा मन्त्री शर्मा बिहानै अर्थ मन्त्रालय पुगेका थिए ।

जबकि अर्थसम्बन्धी विधेयक, सन्धि, सम्झौता अर्थमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । तर शर्मा भने पन्छिँदै आएका छन् । आज संसदमा एमसीसीमाथि छलफल हुने दिन अर्थमन्त्री उद्योग वाणिज्य संघ पर्वतको ४६औं स्थापना दिवस र ३९औं साधारणसभामा सहभागी हुने मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । एमसीसीमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्नेमा उनी भने छल्नकै लागि पर्वत पुगेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ०९ बजे

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र