२४ असार २०८३, बुधबार | July 9, 2026

एमसीसीमाथि आज छलफल मात्रै, निर्णयार्थ पेस नहुने



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ । संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो ।

नेपाली कांग्रेसका नेता डा।मिनेन्द्र रिजालले आजको संसद् बैठकमा एमसीसीमाथि सामान्य छलफल मात्रै हुने जानकारी दिए । ‘आजको बैठकमा सामान्य छलफल मात्र हुन्छ, निर्णयार्थ पेस हुँदैन । दैनिक छलफल मात्र हुन्छ,’ नेता रिजालले न्युज कारखानासँग भने ।

एमसीसी निर्णयार्थ पेस गर्दा कसरी गर्ने भन्नेमा अहिले विवाद देखिएको छ । कांग्रेसले ध्वनि मतका आधारमा टुंगो लगाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी केन्द्र मत विभाजनको प्रक्रियामा जानुपर्ने अडानमा छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० आजै संसदबाट अनुमोदन हुने सम्भावना नरहेको बताएकी छन् । ‘आजको बैठकमा सांसदहरूले धारणा राख्नुहुनेछ । धारणा राख्ने क्रम नै सकिँदैन होला, तथर्स आजको बैठकबाटै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ३६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको