२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कंदै



काठमाडौं । घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फिर्ता हुने भएको छ ।

तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ । योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी-२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ ।

नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो । यस्तै, सेमिफाइनलमा भने युएईसँग ६८ रनले पराजित भएको थियो ।

प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ४६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति