१० असार २०८३, बुधबार | June 24, 2026

एकीकृत समाजवादी-माओवादी केन्द्र छलफल : गठबन्धन जोगाएर एमसीसीमा सहमति खोज्ने प्रयास



काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरी एमसिसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् ।

शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसिसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए। प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए । एमसिसीको मुद्दाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उहाको भनाइ छ । उनले एमसिसीलाई गठबन्धनसँग जोड्न नहुने तर्क गरे ।

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका विषयमा कुनै छलफल नभएको बताए । उनले मुलुकको हित विपरीतका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए ।

एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुईपटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ०६ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार