१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एमसीसी संसदबाट पारित, अर्को बैठक फागुन १८ गते



काठमाडौं । प्रमुख प्रतिपक्षको विरोध र सडकमा प्रदर्शनकाबीच प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ । आज दोस्रो चरणमा बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेकोमा हुन्छ भन्ने सांसदहरुको बुहमत रहेको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसी संसदबाट पास भएको घोषणा गरेका थिए ।

त्यसअघि बैठकको पहिलो चरणमा संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । सरकारको तर्फबाट व्याख्यात्मक घोषणा भन्दै छलफल अगाडी बढाएपछि नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राखेका थिए । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रस्ट पारेकाले भ्रममा नपर्न आग्रह गरेका थिए ।

‘एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पस्ट गरिसक्यो अब यसमा भ्रममा पर्न जरुरी छैन । राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न दिँदैनौ’, अर्थमन्त्री शर्माको जवाफ दिंदै संंसदमा भनेका थिए ।

उनले एमसीसीको व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएको भन्दै संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने दाबी गरेका थिए । उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको विपक्षमा सरकार नजाने समेत सांसदहरुलाई विश्वस्त पार्न खोजेका थिए।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ३१ बजे

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष