काठमाडौं । प्रमुख प्रतिपक्षको विरोध र सडकमा प्रदर्शनकाबीच प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ । आज दोस्रो चरणमा बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेकोमा हुन्छ भन्ने सांसदहरुको बुहमत रहेको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसी संसदबाट पास भएको घोषणा गरेका थिए ।
त्यसअघि बैठकको पहिलो चरणमा संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । सरकारको तर्फबाट व्याख्यात्मक घोषणा भन्दै छलफल अगाडी बढाएपछि नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राखेका थिए । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रस्ट पारेकाले भ्रममा नपर्न आग्रह गरेका थिए ।
‘एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पस्ट गरिसक्यो अब यसमा भ्रममा पर्न जरुरी छैन । राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न दिँदैनौ’, अर्थमन्त्री शर्माको जवाफ दिंदै संंसदमा भनेका थिए ।
उनले एमसीसीको व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएको भन्दै संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने दाबी गरेका थिए । उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको विपक्षमा सरकार नजाने समेत सांसदहरुलाई विश्वस्त पार्न खोजेका थिए।



















प्रतिक्रिया