१४ असार २०८३, आइतबार | June 28, 2026

नेपाली क्रिकेटको सपना साकारका लागि सहयोग गर्न पाकिस्तान इच्छुक : राजदूत शाह



पाकिस्तानी दूतावासद्वारा आयोजित सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।
शंखपार्कस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

९ दिनसम्म चल्ने यस प्रतियोगितामा १२ क्रिकेट टिमले भाग लिएका छन् ।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले नेपालमा पाकिस्ताले खेल प्रतियोगिताको आयोजना गरिरहेकोमा सराहना गरेका छन् । उनले दुई देशका युवालाई एकसाथ ल्याउन र आपसी विश्वास बढाउन क्रिकेट खेल महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

आफ्नो मन्तव्यमा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले कोरोना महामारीको समयमा क्रिकेट जस्ता खेल र अन्य बाहिरी गतिविधिको महत्व बढेको बताए । राजदूत शाहले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने संकेत गरेको बताए । उनले नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको पनि बताए । राजदूत शाहले यस्ता प्रतियोगिताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । राजदूत शाहले कार्यक्रमको आयोजना गर्न सहयोग गरेकोमा कामपा प्रमुख शाक्य र नेपाल सरकारलाई धन्यवाद दिए ।

प्रतियोगिताको समापन १० मार्चमा हुनेछ । प्रतियोगता एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ४४ बजे

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित