२१ भदौ २०८३, आइतबार | September 6, 2026

महाशिवरात्रीमा पौवाका ११ वटै शाखा भजनमय



बुटवल । हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व शिवरात्रीको अवसरमा होटल पौवा प्रालिले विशेष शुभकामना कार्यक्रम गरि मनाएको छ । पौवा ग्रुपले शिवरात्रिका अवसरमा पौवाका ११ वटा शाखामा भजनकिर्तन गरि मनाएका जनाएको छ ।

बुधबार सबै शाखामा महाशिवरात्री विशेष भजन कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रम गरि मनाएको हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । यसैको झल्को दिने गरि पौवाले आफनो सबै शाखाहरुमा कार्यक्रम गरेको पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले पौवाले नेपालको पर्यटन क्षेत्रको विकाससंगै सामाजिक उत्तरदायित्वमा समेत बहन गर्दै आएको बताए । ‘हामीले नेपाली संस्कृतीलाइ ब्राण्ड बनाउने र देशब्यापी संजालमा ब्यवसायलाई जोड्ने लक्ष्य अगाडी बढाएको छौ ।’– उनले भने ।

बुटवलसहित भैरहवा, रेसुङा, पाल्पा, गोरुसिङे, लमही, घोराही, भालुवाङ, जुम्ला, धनगढी, र चितवनमा कार्यक्रम गरिएको ज्ञवालीले बताए । होटलमा पाहुनाहरु भजन कृतन गर्दै रमाउदा निक्कै मजा भएको बताउँदै उनले भजनमा गाउने रमाउनुका साथै खिर, हलुवा र अचारको मिठो प्रसादी समेत वितरण गरिएको बताए ।

ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरि शिव पार्वतीको विवाह भएकोे दिनलाई शिवरात्री पर्व मान्दै कृष्ण चतुर्दशीका दिन निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चना गरि मनाईन्छ ।

पौवाका अध्यक्ष दुर्गा भण्डारीले ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै सास्कृतिक जर्गेना गर्ने लक्ष्यसहित पौवाले वर्षभरि विविध कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

पौवाले नेपालमा परम्परादेखि मनाइँदै आएको चाडपर्वहरुलाई मौलिकता प्रदान गर्दै मनाउँदै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : १७ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति