१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुस–युक्रेनबीच युद्ध चलिरहँदा काठमाडौंमा दुवै देशका सैनिक सहचारी एउटै कार्यक्रममा, सँगै पोखरा र लुम्बिनी जाने



काठमाडौैं । गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन ।

अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेन भित्र छन् । दुवै देशका सेनाले एकअर्कालाई देखे र भेटे गोली हान्छन् ।

यस्तो अवस्थामा रुस र युक्रेनका सैनिक सहचारी भने काठमाडौंको एक कार्यक्रममा सँगै छन् । यो अवस्था सृजना गरिदिएको हो नेपाली सेनाले ।

नेपाली सेनाले प्रत्येक वर्ष शिवरात्रीको दिन सेना दिवस मनाउने गर्छ । मंगलबार सेना दिवसमा अतिथिका रुपमा सहभागी हुन थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही अनुसरा नेपालको लागि २१ देशका आवासिय तथा गैरआवासिय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरु सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सेना दिवसको अवसर पारेर नेपाल आउनेमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी थिए । यस्तै, बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारीहरु पनि नेपाल आएका थिए ।

सबै सैनिक सहचारीहरु एकसाथ बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरण पश्चात प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरुसँग भेट गरेका थिए ।

बिभिन्न देशका सैनिक सहचारीहरुले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनीहरुले बिहीबार नै लुम्बिनी र पोखराको अवलोकन गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरु शुक्रबार नेपालबाट फर्कने छन् ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरुको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा