बुटवल । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले यसअघि दिइएको ७ दिनको समय अपुग भएको भन्दै म्याद थपका लागि शाहलाई अदालतमा उपस्थित गराएकोमा अदालतले थप १२ दिन समय दिएको हो ।
१७ वर्षीया किशोरीले आफू पटक-पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि शाह आफै फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।
प्रहरीले जबर्जस्ती नाबालिगमाथि करणी गरेको अभियोगमा शाहविरुद्ध मुद्दा चलाई अनुसन्धान गरिरहेको छ । शाह विरुद्ध तीनै किशोरीले बलात्कारसम्बन्धी अर्को जाहेरी पनि दिएकी छिन् । उनले इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मै अर्को जाहेरी दिएकी छिन् ।
नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिसोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।
यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक-पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गर्दे जाहेरी दिएकी थिइन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।



















प्रतिक्रिया