१७ भदौ २०८३, बुधबार | September 2, 2026

रहेनन् वरिष्ठ बाम नेता कृष्णराज वर्मा



काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह उनको निधन भएको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

वर्माको छातीमा इन्फेक्सन देखिएपछि विगत ११ दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो । वर्माको छातीमा निमोनिया (इन्फेक्सन) देखिएको पारिवारिक स्रोतले जनाएको छ । सात दिन ओम अस्पतालमा उपचार हुँदा पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सककै सल्लाहमा ह्याम्स अस्पताल सारिएको थियो । विगत चार दिनदेखि अस्पतालको आईसीयू कक्षमा वर्माको उपचार चलिरहेको थियो ।

सप्तरीको हनुमाननगरमा जन्मेका वर्मा नेपाली कम्युनिष्ट पार्टीको संस्थापक समुहमा नभए पनि स्थापना काल देखि निरन्तर कम्युनिष्ट आन्दोलनको अगुवा पङ्तीमा रहँदै आएका छन् ।

२००८ सालमा नेपालमा लागेको अनिकाललाई कम गर्न भारतबाट चोरी पैठारी गरि धान निर्यात गर्ने क्रममा निकासी रोक लगाउने आन्दोलनको अगुवाई गर्दै वर्मा कम्युनिष्ट पार्टीमा संलग्न भएका थिए । २०१० सालको कम्युनिष्ट प्लेनमबाट वर्मा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : २० बजे

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु