८ पुस २०८२, मंगलबार | December 23, 2025

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो



रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो ।

वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएको सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ ।’

लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-२ को खैदीस्थित जंगलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन् । भिरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि स्रोत साधन नहुँदा समस्या रहेको बताइएको छ ।

यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

वनजंगलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । वनजंगलमा डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।सुख्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : ४८ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर