१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

जुरेढुङ्गा ओझेलमा


१३ कार्तिक २०८३, शुक्रबार  

65
Shares


रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका–१ मा अवस्थित समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक किंवदन्तीले भरिपूर्ण छ ।

जुरेढुङ्गाको पुछारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ, जहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पा¥याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली र सातधारे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँबाट छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानीलगायतका डाँडाकाँडा स्पष्ट नियाल्न सकिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गा वरपर थुप्रै खर्क र आकर्षक स्थलहरू छन् ।

चैत–वैशाखमा ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्ने गर्छन् । जैविक विविधतायुक्त यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ९रातोहाब्रे०को समेत वासस्थान छ । यहाँ ठूला–ठूला गुराँस, खस्रु र गोब्रेसल्लाका रुखहरू रहेकाले जङ्गलको मनोरम आनन्द लिन सकिन्छ ।

उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासबारे नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पालिकाका तर्फबाट विभिन्न प्रयास भइरहेको बताउनुभयो ।

जुरेढुङ्गा प्राकृतिक र सांस्कृतिक रूपमा निकै महत्त्वपूर्णस्थल हो । यस क्षेत्रमा सडक सञ्जालको सहज पहुँच पु¥याउन र पर्यटन प्रवर्द्धनका लागि पालिकाबाट योजनाबद्ध रूपमा प्रयासहरू भइरहेका छन् ।

यसैगरी, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा आन्तरिक तथा बाह्य पर्यटन दुवैका लागि हाइकिङ ९पदमार्ग०को उत्कृष्ट सम्भावना भएको ठाउँ रहेको बताउनुभयो ।

पर्यटकीय विकासका लागि समाजले चालेको कदमबारे उल्लेख गर्दै अध्यक्ष न्यौपानेले जुरेढुङ्गा र आसपासका क्षेत्रलाई हाइकिङ गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसारलाई व्यापक बनाउन समाजले विशेष पहल सुरु गरेको छ ।

यहाँको तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य, चौँरी एवं भेडाका खर्कहरू र कृषि तथा तरकारी फर्महरू यहाँका थप आकर्षण हुन् । रसुवा, नुवाकोट र काठमाडौँबाट छोटो बिदा मिलाएर यहाँको यात्रा सजिलै तय गर्न सकिन्छ ।

जुरेढुङ्गा पुग्नका लागि विभिन्न यातायातका मार्ग प्रयोग गर्न सकिन्छ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ ।

कालिकास्थान घुम्तीबाट जिवजिवे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ भएर पनि यात्रा तय गर्न सकिन्छ ।

नुवाकोटको विदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पा-च्याङ, लाङ्बु (बिजिली जोङ) भएर तथा बेत्रावतीबाट नौकुण्ड गाउँपालिकाको पाच्र्याङ पुगेर पर्यटकीयस्थलमा पुग्न सकिने स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १ : १७ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously