१७ भदौ २०८३, बुधबार | September 2, 2026

कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल



दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए । “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उनले भने । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको पौडेलको जिकिर थियो ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राखे । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पारे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ४५ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश