२२ भदौ २०८३, सोमबार | September 7, 2026

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात



काठमाडौं । मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबर थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भएर ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो । विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२.३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ । त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ ।

त्यसैगरी आयातको तुलनामा थोरै भए पनि निर्यातको मात्रामा पनि वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भएर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ । तर, उत्तरी छिमेकी चीनतर्फको निर्यात भने १२.४ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २७.७ प्रतिशतले वृद्धि भएको छ ।

नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको छ । त्यस्तै नगदे बालीको रुपमा रहेको अलैची, चिया, जडीबुटीको निर्यात घटेको छ । तामाको तार र अन्य फलामे तारको समेत निर्यातमा पनि कमी आएको छ । आजको गोरखापत्र दैनिकमा याे समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : २३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा