७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अव गीत संगीतमा पनि कालापानी लिपुलेक (भिडियोसहित)



बुटवल । राजनितीक क्षेत्रमा तातो बहसकारुपमा आएको कालापानी लिपुलेकले नेपालका हरेक क्षेत्रलाई प्रभाव पार्न सुरु गरेको छ । युवा बिद्यार्थि र राष्ट्रबादीहरुले नेपाली भुमि गुमेको बिषयमा अवाव उठाईरहेका बेला कबि कलाकारहरुले पनि देशप्रेमले भरिएको सिर्जना गर्न थालेकाछन् ।

कालापानी र लिपुलेकमा नेपाली भुमिमा भारतले बाटो बनाएको बिषयले चर्चा पाएसंगै लोकप्रिय गायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा भरखरै राष्ट्रिय भावको गीत सार्वजानीक भएको छ । आमा तिम्रो छाती सिर्सक दिईएको गीतले कालापानी सहित नेपालको गुमेको भुमि फिर्ता गर्न सन्देश दिएको छ ।

‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो’ गीत सर्जक रमेश बी.जी.ले रचना गरेका हुन् । पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आएको छिमेकी मुलुक भारतले सुदूरपश्चिमको ठूलो नेपाली भूभाग लिपुलेक र कालापानी कब्जा गरी सडक निर्माण गरेको बिषयलाई गीतमा समेटिएको छ ।

गीतमा भारतीय विस्तारवादी चरित्रलाई उदाङ्गो पारिएको छ भने लिपुलेक र कालापानी बाहेक पनि अरु धेरै नेपाली भू-भाग भारतले अलिअलि गर्दै कब्जा गरिसकेको कुरा उल्लेख गरिएको छ । गीतले बीर सपुतहरु अमरसिंह र बलभद्रको स्मरण गर्दै राष्ट्र जोगाउन फेरी जाग्न आम नेपालीलाई आह्वान गरिएको छ । नारायण रायमाझी र शान्तिश्रीको सुमधुर स्वरले धेरै नेपालीहरुको सुतेको स्वाभिमान पुनः जागृत गराउन सक्ने अनुमान गर्न सकिन्छ ।

गीतमा नारायण रायमाझीकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन बी. बी. अनुरागीले गरेका छन् । यसैगरी तेजेन्द्र गुरुङको रेकर्डिङ र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको यस गीतमा हेमन्त कान्छाले सारङ्गी र रत्न बि. क. ले बाँसुरी बजाएका छन् । अपलोड भएको २४ घण्टा पनि पूरा नहुँदै गीतको भिडियो लगभग ७० हजार पटक हेरिएको छ ।

अक्षरमा गीत
आमा तिम्रो छातीको पाटो
छिमेकीले बनायो मूलबाटो

लिपुलेक र कालापानी सुस्ता मेरै थियो
भन्थे बरै पुर्खाले त अझै धेरै थियो
निमो*ठेर खायो हजुर चिमोटेर खायो
आज आफ्नै छिमेकीले उठिबास लायो

किन यति कमजोर भयो गोर्खालीको छाती
पराईले परेड खेल्दा आफ्नै छातीमाथि
आफ्नो माटो जोगाउन माटै बनम् बरू
व्युँझ न ए अमरसिंह र बलभद्रहरु

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ३ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल