२ बैशाख २०८३, बुधबार | April 15, 2026

मिड वेष्ट न्युरोसर्जनको सीएमई सम्पन्न



बुटवल । न्युरोसर्जर चिकित्सकहरुको कन्युमेनरी एजुकेशन (सीएमई) रुपन्देहीमा सम्पन्न भएको छ । सोसाईटी अफ न्युरोसर्जन्स अफ नेपाल अन्तरगतको मिड वेष्ट च्याप्टरका न्युरोसर्जनहरुको सिएमई सम्पन्न भएको हो । नेपालका वरिष्ठ न्युरोसर्जन डा वसन्त पन्तले कार्यक्रमको उद्घाटन गरे । उदघाटनका अवसरमा बोल्दै डा. पन्तले केन्द्रीकृत विशिष्टकृत सेवा देशका विभिन्न भागहरुमा उपलब्ध हुदा विरामीको जीवन बचाउन सफल भएको बताए । उनले न्युरो साईन्समा न्युरोसर्जन, न्युरोसर्जरी र साईक्लोजिष्टहरु पर्ने भन्दै यो निरन्तर र छिटोभन्दा छिटो परिवर्तन हुने क्षेत्र भएको बताए ।

प्रविधिको प्रयोगबाट हरेक क्षेत्रलाई सहजता ल्याएको उनको दाबी छ । मानिसको टाउकाको भागको शल्यक्रिया धेरै सूक्ष्म नशाहरु हुने हुदा पनि संवेदनशिल हुने भन्दै गिगाबाईटभन्दा पनि सूक्ष्म परिक्षण आधुनिक मेशिनहरुको प्रयोगले सफल बनाएको डा. पन्तले बताए । नेपालको युवाहरु समेत नया आविष्कारमा कम नभएको भन्दै उनले १२ कक्षामा पढ्ने दुई युवाहरुले विरामीहरुको अभिब्यक्तिलाई कम्युटरमा उतार्ने सफ्टवेयर तयार गरेको बताए । यसबाट उपचरमा धेरै सहजता ल्याएको उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै संयोजक डा केआईसी केसीले आफनो क्षेत्रमा गरेका कामको विषयमा छलफल गर्ने र योजना पेश गर्ने दक्षता दर्शाउने कार्यक्रम भएको बताए । न्युरोसर्जरीमा भएका काम र अब भाबी कार्ययोजना पेश गर्दै उनले ७ वर्षको अवधिमा ट्रमाटिक ब्रेन ईन्जुरीका १ हजार ४ सय ४, हेमोरेगिक स्ट्रक २ सय ५९, स्पाईन सर्जरी ७९, क्रानियोप्लास्टी २ सय ४, सिएससडएच १ सय ८८, भिपि सन्ट ५१, ईन्ट्राक्रानियल ट्युमर ५७, एनिरिसियम ३८, एभिएम १ गरि २ हजार २ सय ८१ वटा जटिल शल्यक्रिया गरेको बताए । काठमाडौं केन्द्रित कार्यक्रम पछिल्लो समय विभिन्न भागका चिकित्सकहरु एकतावद्ध भएर गर्दै आएका छन ।

बुटवलमा न्युरोसर्जरीको शुरुवातको अवस्था, अहिलेसम्म भएका यसको देखिएको चुनौतीको विषयमा डा.केसी, हेमोरोरी स्टोक (आईसिएच) को विषयमा डा राजकुमार केसी, न्युरोसर्जिकल म्यानेजमेन्ट अफ ईन्फ्रारेबल हेमोरेजको विषयमा डा सोमराज लामिछानेले कार्यपत्र पेश गर्दै न्युरोसर्जरीमा विरामीको आकस्मिक परिक्षण र सिटिका साथै आईसिपि म्यानेजमेन्टका विषयमा जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ न्युरोसर्जन चिकित्सक डा याम बहादुर रोक्काले निरन्तर अभ्यास र अनुसन्धानको पाटोमा लाग्दा सिकाई हुने बताए । उनले न्युरोसर्जरी क्षेत्रमा भएका नया नया प्रविधि भित्राएर उपचारमा सफलता मिलेको बताए ।

नेपालका विभिन्न क्षेत्रहरु ईष्टर, वेष्ट र मिड वेष्ट च्याप्टर लगायतमा यस्ता कार्यक्रम गरिदै आएको छ । मिड बेष्ट च्याप्टरमा ७ जना चिकित्सकहरु कार्यरत छन ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : १४ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार