१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

भैरहवामा पहिलोपटक न्युरो विज्ञान सम्मेलन



भैरहवा ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ ।

देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा। विषणुप्रसाद पौडेलले जानकारी दिए । नेपालमा विभिन्न विषयमा यस्तो सम्मेलन हुने गरे पनि यो  चिकित्सकहरुलाई सहजताका लागि सम्मेलन गरिएको उनले बताए ।

सम्मेलनले मुख्यतया न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक, कान, घाँटी, साइक्याट्रिक, ग्यास्ट्रो, रेडियोलोजी, आँखालगायतको उपचार क्षेत्रमा सहयोग पु¥याउने र यसको छिटो समस्या समाधान गर्नका सहयोगी बनेको कार्यक्रम संयोजक डा।सुवास ज्ञवालीले बताए  सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा प्रदेशका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत दुई सयभन्दा बढी डाक्टरहरुको सहभागिता थियो । सम्मेलनमा नेपालसहित भारत र थाइल्याण्डलगायतका विशेषज्ञ कन्सल्टटेन्टहरुले प्रयोग गरेको विषय र पछिल्लो प्रणालीबारे १८ वटा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम संयोजक डा. प्रकाश भट्टराईले बताए ।

सोसाइटी दुई वर्षदेखि मेडिकलसँग सम्बन्धित रही उपचारमा सहजताका लागि थुप्रै कार्यक्रम गर्दे आएको सोसाइटीका महासचिव सरोज थापाले बताए । अहिले विभिन्न क्षेत्रका फिजीसियनहरुलाई केन्द्रित गरी न्युरोसम्बन्धी कार्यक्रम गरिएको छ । सम्मेलनले नेपाल सरकारले टाउकोको नशा सुकेर हुने समस्याको समाधानका लागि लाग्ने औषधि निःशुल्क विभिन्न अस्पतालमा दिने व्यवस्था गरेकोमा त्यसको उचित प्रयोग गर्दै भएको ज्ञान सीपसँगै सम्मेलनमा लिएको अनुभव र ज्ञानलाई आप्नो अस्पतालमा गएर प्रयोग गर्नेमा सहजता प्रदान गर्नु रहेको भट्टराईले बताए।

सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा पक्षघातसम्बन्धी रोगको अवस्था, उपचार पद्धति, सुधार र समस्या समाधानको विषयमा गोष्ठीसमेत गरिएको थियो । नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, बोहरिंगर इन्गेलहाइम तथा लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको संयुक्त सहयोगमा गोष्ठी आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले तालिमपश्चातको उपचारले विरामीको नतिजा राम्रो हुने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ४२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित