१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौ । माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा मिति २०७८/११/२८ गते शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा आयोजित विशेष कार्यक्रममा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रवन्धक गोपीकृष्ण न्यौपाने ज्यु को समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाइ ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का