१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लकडाउनमा घर बसेका मजदुरलाई दैनिक ज्यालादारीका काम



बुटवल । बुटवलको सिमसार क्षेत्रका रुपमा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइका काममा लकडाउनमा घरमै बसेका मजदुरहरुले भने दुरी कायम गर्दै दैनिक ज्यालादारीका काम पाएका छन् ।

महामारी विरुद्ध मुलुकभर लकडाउन ९बन्दाबन्दी० जारी छ । लकडाउनका कारण सबैतिरको जनजीवन कष्टकर बनेको छ । बुटवल उपमहानगरपालिका–१६ का विभिन्न टोलका मजदुरले दुरी कायम गर्दै सुरक्षित उपायका साथ सेमलारमा रहेको बैठौलिया तालको सरसफाईमा जुटेका छन् ।

लकडाउनका कारणले काम रोकिएपछि स्थानीय समुदायमै रहेका मजदुरलाई स्वास्थ्य परीक्षण गरेर, सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले दैनिक ज्यालादारीका काममा लगाउँदा काम पनि अगाडि बढ्ने र समुदायलाई पनि फाइदा पुग्ने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा तोकिए बमोजिमको ज्यालाको दररेटमा इच्छुक कामदारलाई कामको व्यवस्था गर्न ताल व्यवस्थापन समितिलाई अनुरोध गरिएको र सोही अनुरुप काम अगाडि बढेको बुटवलका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

बैठौलिया ताललाई बुटवलको प्रमुख पर्यटकीय गन्तव्य बनाउनेगरी उपमहानगर जुटेको छ । अहिले तालको सफाई र विभिन्न संरचना निर्माणका काममा प्रदेश सरकारलेसमेत सहकार्य गरेको बताउँदै प्रमुख सुवेदीले तालको प्राकृत्तिक बनावटालाई अझ व्यवस्थित गर्ने, वारपार बलियो वाल लगाउने, डुंगा अड्याउने र त्यहाँबाट चढ्नका लागि उपयुक्त सिंढी बनाउनेलगायतका काम गर्नेगरी ताल व्यवस्थापन समितिले काम गरिरहेको बताउनुभयो ।

ताल व्यवस्थापन समितिका अध्यक्ष खेमलाल कंडेलका अनुसार त्यहाँ २१ जना मजदुरले तीन ठाउँमा दुरी कायम गरेर तालको सरसफाई, रिटेनिङ वाल निर्माण र डुंगा चढ्नरझर्न प्रयोग गरिने सिंढी निर्माण गरिरहेका छन् ।

उनीहरुलाई काममा लगाउनु अघि सबैको ज्वोरो परीक्षण गरिएको र काम सकेर फर्कने बेलामा पनि परीक्षण गरिने अध्यक्ष कंडेलले बताउनुभयो । त्यहाँ काममा खटिएकाहरु सबै अलग अलग ठाउँमा खटिएका छन् । हरेकले काम बाँडेर गरिरहेको कंडेलले बताउनुभयो । उनीहरु ताल भएको क्षेत्र र नजिकैको छिमेकी वडाका मजदुरहरु हुन् ।

लकडाउनका घरमै बसिरहँदा तनाव भइरहेको र जीविकोपार्जनमा समेत कष्ट बढ्दै गएका बेला घर नजिकै ज्यालादारीका कामको व्यवस्था भएपछि खुशी भएको स्थानीय राजकुमार यादवले बताउनुभयो । यादवसंगै स्थानीयहरु रामप्रसाद हरिजन, चिना थारु, दयाराम थारु, धनयामा थापालगायतले दैनिक ज्यालादारीका काम पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उपमहानगर र प्रदेश सरकारको समेत एक करोड पाँच लाख रुपैयाँ बराबरको बजेटमा काम भइरहेको बताउँदै उक्त वडाका अध्यक्ष समेत रहेका प्रवक्ता रामप्रसाद रेग्मीले बैठौलिया ताललाई व्यवस्थित गर्न बाँकी रहेका काम अहिले सुरु गरिएको बताउनुभयो ।

यसक्षेत्रकै उपयुक्त पर्यटकीय गन्तव्य बन्ने प्रचूर सम्भावना रहेको ताल क्षेत्रको विकासका लागि स्थानीय समुदायको सहकार्यमा नयाँ योजनासमेत बनाइरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ५ : १९ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो