१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ब्राउन सुगर सहित एक जना पक्राउ



उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले १३ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ गरेका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रामपुर-फत्तेपुर सडक खण्डमा चेकजाँचको क्रममा भुषण राई समातिएका हुन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाको गस्ती टोलीले शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो । सो क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय भुषण पक्राउ परेका हुन ।

गोप्य सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी पुगेको थियो । राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रनाउ गौतमको भनाई छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५७ बजे

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको